| |
|
Dear Friends,
Could you do me a favor?
I need some economics schools for PhD program which require the minimum
GRE
score (I just have 600 in quantative and 560 in verbal).
Thank you!salina
... (READ MORE)
[ posted by
sanjivani @
07:54 PM ] | Viewed: 349 times
[
Feedback]
|
|
|
| : |
सबैजना क्रमश: नजिक आइपुग्दै थिए र कुम्लेलाई भाउन्न हुँदै थियो।
पुन्टे बुढाले जे जे सुने पनि बुढि यतिबेला स्वास्थ्यचौकीमा आएकोमा बुढा भुन्भुनाइरहेका थिए। रिट्ठे वाल्ल परेर टुलुटुलु सबैलाई हेरिरहेको थियो।
नेपे बुढा र मदनवा नजिकै आइपुगे तर अगाडिबाट आउँदै गरेका गाउँलेहरुलाई देखेर वाल्ल परेर हेर्न थाले।
"कथि भयो चैली बहनको?"
चेलिमायालाई बोकेर उनका पति नजिक आउनासाथ मदनवाले सोध्यो?
“खै पँधेरा लडिछिन् दीपबाउ संग ठोक्केर खुट्टा मर्को जस्तो छ हिन्न सक्तिनन् हेर्दिनपरो डाउडर!”
चेलीमायाको पतिले सबैलाई
... (READ MORE)
[ posted by
Birkhe_Maila @
02:50 PM ] | Viewed: 470 times
[
Feedback]
|
|
|
| : |
कुम्ले एकछिन खोकेको खोकेइ भयो र रसिला आँखा पार्दै नेपे बुढालाई हेर्न थाल्यो र सुरुवाल सकेसम्म हातमा मुठ्ठि पारेर समात्दै बिस्तारै पलेँटि कसेको खुट्टाको घुँडा मुनि लगेर लुकायो।
नेपे बुढाको आँखा कुम्लेको हातमा रहेको सुरुवालमा नै थियो बुढाको आँखा कुम्लेको हात संगै घुम्दै कुम्लेको घुँडामा पुगेर रोकियो। बुढा केहि बोल्न खोज्दै थिए त्यत्तिकैमा पुन्टे बुढाले एक घुट्कि रक्सि सुरुप्प पार्दै बोले-
"ओहो नेपे दाई बिराइँ पर्नु भ'छ कठै, के खानुभाथो र पखाला लाग्यो?"
नेपे बुढाको ध्यान सुरुवालबाट हटेर पुन्टे ब
... (READ MORE)
[ posted by
Birkhe_Maila @
02:43 PM ] | Viewed: 362 times
[
Feedback]
|
|
|
| : |
हेर् हेर् सुड्डो गयो जस्तो छ हौ!"
निशान्तले आँखा च्यातेर बिस्टेबुढा डुब्न लागेको हेर्दै केहि डर मिश्रित स्वरमा भन्यो।
झिल्केका आँखा, अघि देखि त्यतै थिए। ऊ केहि बोलेन। अवाक् भएर केवल प्रकृतीको सानो तान्डव हेर्न थाल्यो।
पर, भउते खोलामा उभिएर खोलाको बहावसंग संघर्ष गर्दा हल्का हल्लिएर दुवै हात उठाउँदै कराइराखेको थियो, तर उसको चिच्याहट खोलाको गडगडाहटमा विलिन हुँदै थियो।
दुवैका अनुहार पँहेला देखिन्थे र थाहा हुन्थ्यो एकछिन अघिसम्म गाँजाको नशामा मातेका यिनिहरु अहिले नजानिँदो किसिमले डराइरहेका थिए।
... (READ MORE)
[ posted by
Birkhe_Maila @
02:42 PM ] | Viewed: 394 times
[
Feedback]
|
|
|
| : |
पुन्टे बुढालाई यतैतिर आउँदै गरेको देख्नासाथ कुम्लेको अनुहारमा हल्का डर व्याप्त भयो र उसलाई खैनिको तीव्र तलतल महशुस भयो। छिटो छिटो खैनि झिकेर मुखमा हालेर छेउमा पिचिक्क थुक्यो र भर्खरै काटिएको भालेतिर हेर्यो। गाढा राता र काला काला छिर्के मिर्के प्वाँख सहितको भालेको शरीर र रातो लामो सिऊर; पुन्टे बुढाले आफ्नो भाले चिन्न सक्ने सम्भावना धेरै थियो! बुढा आँगनको डिलबाट नजिकै आइपुगिसकेका थिए।
" ए डाउडर पानी तातो?"
कुम्लेले पुन्टे बुढा आउँदै गरेको हेर्दै मदनवालाई सोध्यो।
“ओह सला पुनटे दाजुको देइखके पानी
... (READ MORE)
[ posted by
Birkhe_Maila @
02:40 PM ] | Viewed: 375 times
[
Feedback]
|
|
|
| : |
झ्यालको डन्डीमा घोप्ट्याएको सलाइन पानीको बोतलको मुखबाट एउटा निश्चित अन्तरालमा पानीका थोपा तप् तप् गर्दै तल पाइपमा चुहिन्थे। कुम्ले एक टकले पानी चुहिएको हेर्दै थियो। उसको मुहारमा आज बिहान देखिको बदमाशी र क्रुरता सधैँलाई हराए जस्तो देखिन्थ्यो र अहिले यो क्षणमा उसको मुहारमा संसारभरिको निर्दोशता व्याप्त थियो। उसको मनले शायद भन्दै थियो, एउटा सानो बोतलमा भएको पानी सियोले घोचेर मान्छेको नशामा छिराउँदा मरेको मान्छे ब्युँतिने यथार्थ उसले बुझेर बुझिनसक्नुको छ।
मदनवा भर्खरै उसको कोठामा गएको थियो।
कुम्ले
... (READ MORE)
[ posted by
Birkhe_Maila @
02:34 PM ] | Viewed: 360 times
[
Feedback]
|
|
|
| : |
शबु केहि लाजले खुम्चिँदै त केहि दीपले हेरिरहेको छ भन्ने कल्पनाले आत्तिँदै एकोहोरो किसिमले कपालमा फगत पानी थाप्दै थिइन र उनका हातले बस कपाल मिचेको जस्तो गर्दै थियो। उनि पँधेरामा थिइनन्, शायद कतै कुनै संसारमा लाज, रोमांच र मिठासले भरिएको विमानमा उड्दै थिइन्। उनलाई थाहा पाउन मन लाग्यो दीप के गरिरहेको छ भनेर। उनले निकै बलपूर्वक टाउको धारोबाट अलिकता छेऊमा ल्याइन र दुवै हातले कपाल मिचेको जस्तो गरेर आँखाबाट हल्का हटाइन र पँधेराको डिलतिर हेरिन्। दीप त्यहाँ थिएन! उन्ले टाउको अलिकता घुमाउन लागिन् यत्तिकैम
... (READ MORE)
[ posted by
Birkhe_Maila @
02:30 PM ] | Viewed: 347 times
[
Feedback]
|
|
|
| : |
चिया गुलियो थियो तर यसको एक एक घुट्कि नेप्चेलाई तितो लाग्दै थियो। एक त चिया पाक्न नै ढिलो भएको थियो, अर्को बुढा निकै नै ढिलो थिए, सकेसम्म मोटो शरीरलाई चलाउन खोज्दैनथे।
बसन्ती गएको निकै बेर भैसकेको थियो। नेप्चे हतार हतार चिया सकाउन खोज्दै थियो।
"गफ गर्दै होलान्!"
नेप्चेले सोच्यो।
“गाले बजिया नि मख्ख परेर हाँस्दै होला, असत्ति!”
नेप्चेले चियाको घुट्कि लाउँदै सोच्यो।
“बर्खाले बाटो कत्तिओ चिप्लो बना'छ हँ गाममा?”
भित्रबाट बुढाको प्रश्न सुनेर नेप्चेलाई दिक्क लाग्यो। उसको मन उथलपुथल भैराखेको थियो
... (READ MORE)
[ posted by
Birkhe_Maila @
02:27 PM ] | Viewed: 351 times
[
Feedback]
|
|
|
| : |
भालेको मुख बाँधेपछि कुम्ले ढुक्क थियो। ऊ हतार हतार हिँड्दै थियो र साथसाथै पल्याकपुलुक यताउता हेर्दै पनि थियो। उसलाई सकेसम्म छिटो घर पुग्नु थियो। उसलाई भोक लागेको आभाष हुन थाल्यो र उसले च्यापेको भालेको स्पर्शले उसको भोक झन बढाइराखेको थियो। बाटो तेर्सो भएता पनि तुलनात्मक रुपले अलिकता ओरालो जस्तो बाटो हिँड्दै थियो कुम्ले, र छिटो छिटो हिँड्दा उसलाई गुरत्वबलले झन् लगभग दौडाउँदै थियो। भाले लिएर हिँडेदेखि ऊ शान्त हुन सकेको थिएन। उसले महशुस गर्दै थियो, भाले देखेर लैजानेकुरा सोच्न जति सजिलो थियो लिएर सबै
... (READ MORE)
[ posted by
Birkhe_Maila @
02:24 PM ] | Viewed: 335 times
[
Feedback]
|
|
|
| : |
रिट्ठेलाई सम्पूर्ण ब्रम्हान्ड घुमेको जस्तो लाग्दै थियो। टाउकोभित्र कतै तिखो दुखाई थियो र तिघ्राका मासुहरु गलेका थिए! बिउँझिए पनि उसलाई आँखा खोल्न मन लागिरहेको थिएन। छातिमा पनि कतै भित्र पिडा महसुर गर्दै थियो। बिस्तारै आँखा खोल्यो, झलमल्ल बिहानको उज्यालोमा मक्किएको दलिन उसको आँखा अगाडि आयो। टाउकोको दुखाई झन तीव्र भयो। उसले गिदी हल्लिएको अनुमान गर्यो।
" धोक्न नि बेसरि धोकेछु डरको सुरमा!"
मनमनै बोल्दै जिऊ तन्कायो!
"हर्के र दीप नि पसारिराका होलान्! कति बजो कुन्नि?"
यति भन्दै बिस्तारै दुखाइले मु
... (READ MORE)
[ posted by
Birkhe_Maila @
02:19 PM ] | Viewed: 373 times
[
Feedback]
|
|
|
| : |
बिस्टे बुढाको मनमा चलेको आँधिले थामिने नाम लिएको थिएन। हिजोको झरिले चिप्लो बनाएको ओरालो बाटो हिँड्दा कयौँ पटक बुढाका खुट्टाले जमिन छोड्न खोजेका थिए तर भौतेको बलिष्ट पाखुराले बुढालाई लगभग झुण्ड्याउँदै भए पनि दोभानेको बगर सम्म ल्याइपुर्याएका थिए। बगरमा हिँड्दा हिड्दै बुढालाई निद्रामा कतै उडेको जस्तो लाग्न थालिसकेको थियो। उमेर, पिर, थकान र पिडाले होला बुढालाई रिंगटा लागेको, तर नातिनी मरेको बाँचेको केहि पत्ता लागेरै छाड्छ भन्ने बुढाको इच्छाशक्तीले होला बुढा अझै पनि हिँड्दै थिए।
"ल खोलो आइपुगो हउर,
... (READ MORE)
[ posted by
Birkhe_Maila @
02:16 PM ] | Viewed: 358 times
[
Feedback]
|
|
|
| : |
होटलवाला निशान्त र झिल्केलाई होटलबाट निस्केको वाल्ल परेर हेर्दै थियो। उनिहरु निस्कनासाथ होटलवालाले निकै राहत महशुस गरेको थियो र एउटा ठूलो बोझ हटेको जस्तो हल्का अनुभव गर्दै थियो।
विगत ३ दिन देखि उसले टाढा काठमान्डुदेखि आएका यि दुई अचम्मका ठिटाहरुको कुरा सुन्ने, भनेको कुरा पुर्याइदिने र धम्कि सुन्ने बाहेक अरु कुरा सोच्ने फुर्सद सम्म पाएको थिएन। काठमान्डु बाट दुई दिन पुरा यात्रा गरेपछि पुगिने यस बजारमा पनि निशान्त र झिल्के काठमान्डौको आफ्नै टोल हाँडिगाउँकै रवाफ देखाउन सफल भएका थिए। आफू भन्दा निकै
... (READ MORE)
[ posted by
Birkhe_Maila @
02:12 PM ] | Viewed: 348 times
[
Feedback]
|
|
|
| : |
आज बिहानै देखि चेलिमायाको मन हलुका थिएन। मंसिरमा बिहे गरेर यो गाउँमा आएदेखि नै उसको मन कहिले रमाउने र कहिले दुख्ने भैरहेको थियो। छ महिना भन्दा बढि भैसकेको थियो बिहेको, तर पनि उनलाई कहिले आफ्नो लोग्ने अत्यन्त मायालु र उनको हेरचाह गर्ने मरिमेट्ने लाग्दथ्यो त कहिले नितान्त अपरिचीत तथा कडा। उनि सकेसम्म पति र घरका अरु सदस्यलाई खुसि बनाउने भरमग्दूर कोशीस गर्दथिन तर निकै पटक उसलाई कसैले नबुझिदिँदा उनको मन रुने गर्दथ्यो र सात डाँडापारिको आफ्नो माइती सम्झेर एक्लै धुरुधुरु रुन्थिन्।
उनको आँखा खुल्यो। बाह
... (READ MORE)
[ posted by
Birkhe_Maila @
02:08 PM ] | Viewed: 357 times
[
Feedback]
|
|
|
| : |
दीप पँधेराको सिमेन्टको खुट्किला जस्तो डिलमा माथिल्लो डिलमा थ्याच्च बसेको थियो र तल्लो डिलपट्टि खुट्टा झारेको थियो। उसको खुट्टाले तल्लो डिल नभेटेकोले होला झुन्डिएका दुई खुट्टामा झनै झुन्डिएका दुई चप्पल हाँसो उठ्दो देखिन्थे। एउटा चप्पलले भर्खरै पँधेराको डिलमा उक्लँदा धर्म छाडेको थियो, अर्थात चप्पलको तना भर्खरै छिनेको थियो। डिलमा बसेर दीपले टाउको नघुमाइकन हल्का आँखामात्र घुमाएर धारो तिर हेर्यो।
शबु आफैँमा खुम्चिएर बसेकि थिइन् र उनका हत्केला धारोमा फिँजिएका थिए। धारोबाट बहेको अनवरत, शीतल पानिको दवा
... (READ MORE)
[ posted by
Birkhe_Maila @
02:06 PM ] | Viewed: 349 times
[
Feedback]
|
|
|
| : |
नेप्चे फटाफट बसन्तीको पसलतिर गयो। पसलको पिँढिमा पुगेर उभियो र भित्र नहेरि बोल्यो-
"एक गिलाँस च्या पाइएला साउनि?"
“ च्या त पाइएला एकछिन कुर्न पर्च, दुध तता छइन!”
भित्रबाट धोत्रो स्वर आयो कुनै लोग्नेमान्छेको।
नेप्चेले भित्र हेर्यो, बसन्तिको बाबु दूधको भाँडो चुल्होमा राख्दै थिए र बसन्ति अर्को कुनामा केहि सामान मिलाउँदै थिइन्।
यता चिया कुर्दा उता उसको सट्टामा गालेको फर्सी बिक्ने पक्का थियो। तर पनि उसले भन्यो-
“हुन्छ पकाउनोस न!”
उ पसलको खामोमा अडेस लागेर आधि जिऊ भित्र र आधि जिउ बाहिर पारेर बस
... (READ MORE)
[ posted by
Birkhe_Maila @
02:04 PM ] | Viewed: 395 times
[
Feedback]
|
|
|
| : |
नेप्चे निकै खुसि थियो, घाम चर्केँ छँदा उसको डोकोको आधा भन्दा बढि फर्सी बिकिसकेको थियो र गालेको डोको अझै लगभग भरिएको थियो। गाले टुलुटुलु बजारमा आवत जावत गर्ने मान्छेको अनुहार तिर हेरिरहेको थियो र ऊ तिर बढेर कसैले फर्सी किनिदिने आशमा थियो।
" तरकारी च्युरा खान्छस?"
नेप्चेले पटुकाबाट केहि गुजुमुजु परेका नोट निकाल्दै गाले तिर हेरेर भन्यो।
गालेले पुलुक्क नेप्चेलाई हेर्यो र बिस्तारै भन्यो-
"फर्सि बिक्या छइन, पइसो नि छइन क्यारि खानु, भोक त ला थो!"
नेप्चेले गालेको कुरा सुनेर अनुहारमा घमन्डको भाव ल्
... (READ MORE)
[ posted by
Birkhe_Maila @
02:00 PM ] | Viewed: 366 times
[
Feedback]
|
|
|
| : |
"शबुssss!!! ए शबुss!!!, कति सुतिरन्छे यो केटि??? उठ् छिटो, भैँसि करा कराएइ छ एक गाग्रि पानी ले'रा झट्टै!!"
मुखिनी बजैको कर्कश ध्वनी घरभरि गुञ्जियो।
शबुका आँखा एकछिन अघि नै खुलिसकेका थिए, बाहिरका कल्याङ मल्याङ खलबलहरुले। भैँसि कराइराखेको थियो, चराहरु चिरबिर गर्दै थिए र मुखिनि बजैको अशुद्ध कृष्ण भजनको गुनगुन चल्दै थियो र यि सबैकुराहरुले शबुको सपना अघि नै बिथोलेर उनलाई निद्रादेवीको काखबाट खोसिसकेका थिए। अघि नै झलमल्ल घाम लागिसकेको थियो। ओछ्यानमा नै पल्टेर टुलुटुलु माथि दलिन हेर्दै कहिले दाहिने खु
... (READ MORE)
[ posted by
Birkhe_Maila @
04:23 PM ] | Viewed: 419 times
[
Feedback]
|
|
|
| : |
दीप हिँडेपछि खेल त्यत्तिकै रोकियो। एक त कोरम पुगेन अर्को ठूल्दाईको खल्ति रित्तियो। जित्नेमा लहरे पर्यो, सुन्तलेलाई जस्ताको तस्तै भयो।
"तीन रुप्पे भाडा त बाँकि नै छ के रे नि! खेल सक्केर त के भो त भाडा त पाम्न परो!"
कैले साहुले तासको भाडा जसरि भए पनि उठाउनु पर्ने कुरा गर्यो।
“ह्या तेसै अर्काको लुटेर खानि बानि छैन हाम्रो, ल हामि तिन जना छम एकएक रुप्पे तिम्लाई दिन्छौ कैले साउ!”
सुन्तलेले एक रुपियाँको नोट कैले साहु तिर फाल्दै भन्यो र जुरुक्क उठ्यो।
लहरेले भुइँमा छरिएका गुजुमुज्ज परेका नोटहरु संग
... (READ MORE)
[ posted by
Birkhe_Maila @
04:21 PM ] | Viewed: 389 times
[
Feedback]
|
|
|
| : |
कुखुरा नकराइदिए हुन्थ्यो भन्दैथियो कुम्ले, तर कुखुरा कराएको करायै थियो। धन्न बाटोमा कोहि हिँडेका थिएनन्! कुम्लेले लाएको कमिज उलाई टाइट लाग्न थाल्यो। भुँडितिर कमिज भित्र भाले अटाउँदैनथ्यो, र काखिमा च्याप्न गाह्रो भैराखेको थियो।
कुम्लेले ककुखुराको मुख काखिले च्याप्प चाप्थ्यो र एकछिन हिँड्ना साथ भालेको मुख फुत्किन्थ्यो र भाले कराउँदथ्यो। एक पटक त भालेको चुच्चोले कुम्लेको काखि घोच्दा ऊ भुतुक्कै भएको थियो। एक त भाले कराएपछि कुम्ले कसैले सुनेको त छैन भन्दै यताउता हेर्न बाध्य हुन्थ्यो, अर्को खैनिको तल
... (READ MORE)
[ posted by
Birkhe_Maila @
04:14 PM ] | Viewed: 421 times
[
Feedback]
|
|
|
| : |
सुकिलो सेतो लबेदा र सुरुवाल अनि दायाँ पट्टि कन्चटनिर फाटेको भए पनि सफा ढाकाटोपी लगाएर नेपे बुढा काँधमा एउटा पँहेलो तर पुरानो देखिने झोला बोकेर जजमानी गर्न तल गाउँतिर ओरालो झर्दै थिए! उनको निधारमा मिहिनेतसाथ लाइएको स्पश्ट पँहेलो टिका देख्न सकिन्थ्यो र पँहेलो टिकाको तल सानो रातो टिका पनि थियो। उनको मुखबाट कुनै श्लोकको अशुद्ध हरफहरु निस्कँदै थिए-
" ….दुर्गाक्षमा शिबरात्री स्वासोदा नमोस्तुते…"
बर्खा लागे देखि नै नेपे बुढालाई दुई कुराले सताएको थियो। एक त झरि परेर हो वा गाउँमा वैदिक कर्म कम भएर र चा
... (READ MORE)
[ posted by
Birkhe_Maila @
04:12 PM ] | Viewed: 339 times
[
Feedback]
|
|
|
| : |
माष्टरनीको निद्रा खुल्यो। भर्खर घाम उदाएको थियो शायद्।
"आधादिन भैसकेछ!"
माष्टरनीले मनमनै भनिन् र जुरुक्क उठिन्। संगै सुतेकी सान्नानि तिर नजर दौडाइन्; सान्नानी कोल्टे परेर कुनै सुन्दर सपना देखिरहेकी थिइन् शायद; उनको मुहारमा गहिरो निर्दोशता थियो। माष्टरनी सान्नानीको मुहार हेरेर त्यसै मुस्कुराइन्।
संगै राखिएको गिलाँस छोपेको कापी निकालेर एकातिर राखिन माष्टरनीले र गिलाँसमा भरिएको पानी घुटुघुटु पिउँदै रित्त्याएर गिलाँस फेरि पहिलेकै ठाउँमा राखिन्।
अचानक केहि सम्झिएर झस्किन!
“ राति नै यता ल्याएको भ
... (READ MORE)
[ posted by
Birkhe_Maila @
04:10 PM ] | Viewed: 332 times
[
Feedback]
|
|
|
| : |
दिपु आँखाबाट ओझेल भैसकेपछि कुम्लेले कपाल छाम्यो। चिसै थियो। बसेको ठाउँबाट उठ्यो र गाग्रि भरिने प्रतिक्षा गर्दै गरेकि नेप्चितिर एक उपेक्षित नजर दिँदै फेरि बाटो लाग्यो।
अलिकता उकालो हिँडेपछि चौतारी पुग्यो र थ्याच्च छपनिमा बस्यो। चराहरु कराउँदैथिए। घाम बिस्तारै माथि जाँदै थियो। पर कतै भाले बासेको र कसैले कसैलाई लामो स्वरले बोलाएको सुनिन्थ्यो। कतै कुनै चराको एकोहोरो आवाज आइरहेको थियो। पर कतैबाट रेडियो बजेको पनि सुनिन्थ्यो; शायद पुन्टेबुढाको घरमा रेडियो बज्दै थियो।
चौतारीबाट तेर्सो अगाडि बढेमा अलि
... (READ MORE)
[ posted by
Birkhe_Maila @
04:03 PM ] | Viewed: 378 times
[
Feedback]
|
|
|
| : |
"ल यो बिचको खा'र देखा सक्छस भने?"
कुम्लेले भुइँभरि छरिएको एक रुपियाँको डबलहरु मध्ये एउटालाई देखाउँदै ढ्याक हान्न लागेको हरिलाई हेरेर भन्यो र, दाहिने हातको चोर औँला मुखमा भित्र सम्म कोच्यो र औँला अंकुशेपारेर ओठमा च्यापेको खैनि निकालेर हात झड्कालेर फाल्यो अनि पिच्च खैनीको थुक थुक्यो।
" धेर नचम्कि मुरदार तँ, आज टाट भइस तँ, मैले देखिसकेँ!"
हातमा ढ्याक लिएर कुम्ले भन्दा अलि पर जिउ बङ्ग्याएर उभिएको हरिले कुम्लेले देखाएको पैसा ताकेर ढ्याक हान्यो।
ठ्याम्मै भनेको पैसामा ढ्याक लाग्यो।
रमाएर दौडँदै प
... (READ MORE)
[ posted by
Birkhe_Maila @
03:58 PM ] | Viewed: 336 times
[
Feedback]
|
|
|
| : |
गाग्री भित्र लानु पर्ने थियो तर थकाइले हो कि के ले हो नेप्चिले बाहिर पिँढिमै गाग्रि बिसाइन्। एक पटक बोझ हटेकोमा लामो सुस्केरा हालिन् र निधारको पसिना पुछिन्। भैँसि एकोहोरो कराएको कराएइ थियो।
"कति कराउन सक्छस ए काल्? पख् कुँडो लेराम्छु अनि हसुर्लास!"
यति भन्दै बिहान अँगेनामा राखेको कुँडो लिएर आऊने बिचारमा नेप्चि भित्र जान ढोकातिर लागिन् र अनायाशै केहि सम्झेर टक्क अडिइन, फेरि बाहिरपट्टि नै आइन् र बर्बराउन थालिन्-
"हरे शिब शिब, आज भैँसी दुहेकै छैन! एसबेला भैसको, अब पइला कुँडो ख्वाउनु कि दुहुनु?"
... (READ MORE)
[ posted by
Birkhe_Maila @
03:54 PM ] | Viewed: 341 times
[
Feedback]
|
|
|
| : |
गैँडा चुरोट बल्दै जाँदा लगभग हातको छाला छुन लागिसकेको थियो र खारिलो तथा नमिठो धुवाँ घुम्दै माथितिर बग्दै थियो। ठूल्दाई, आफूले दायाँ हातको चोर औँला र माझि औँलामा च्यापेको चुरोटबाट मानौ अनभिज्ञ थिए र बायाँ हातले समातेका २१ पत्तिमा कुनै बैज्ञानिक आफ्नो प्रयोगबाट आशा गरे अनुरुपको नतिजा नआएकोमा घोत्लिए जसरि घोत्लिराखेका थिए।
सुन्तले आफ्नो तासको पत्ति यता उता सार्दै थियो। दीप आफ्नो तासको पत्ति घोप्टयाएर भुइँमा राखेर, खुम्चिएका नोटहरु तह लाउनमा व्यस्त थियो। लहरेको मुहार भने बिजुली बले जस्तो चम्
... (READ MORE)
[ posted by
Birkhe_Maila @
03:53 PM ] | Viewed: 335 times
[
Feedback]
|
|
|
| : |
बिहान झिसमिसे उज्यालो हुँदा सम्म बिस्टे बुडा धेरै पटक रोए, धेरै पटक आहत भए र धेरै पटक छटपटाए। भउते भित्ताको अडेस लाएर पल्टेको थियो भने बुढा भउतेको सामुन्ने पिर्कामा टुक्रुक्क बसेर आफ्ना दुवै कुहिना घुँडामा टेकाएर दुबै हत्केलाले च्यापु समातेर घोत्लिराखेका थिए। रातभरिमा धेरै पटक भउतेले बुढालाई सम्झाएता पनि भउते आफैँ पनि अलिकता त्रसित थियो। ११ वर्षकी कलिली बच्चि राति घरबाट हराएकि, साधारण कुरा थिएन; भउते पनि नानाथरी सोच्न बाध्य भएको थियो! बिहान नभैकन कतै खोज्न जाने कुरै थिएन त्यसैले दुवैजनाले चुपचाप
... (READ MORE)
[ posted by
Birkhe_Maila @
03:11 PM ] | Viewed: 328 times
[
Feedback]
|
|
|
| : |
"कुन जुनिमा कसको रिन खा रेछु र यस्ता संग परेँ नारन्, घाम लाएर पनि डाँडामाथि पुग्न लाइसको, यिनलाई अझै आधारात छ!" नेप्चिले ओढ्ने पट्ट्याउँदै खाटमा लम्पसार परेर सुतेका ठुल्दाईलाई हेर्दै भनिन्।ठुल्दाई बिउँझिएका भए पनि प्रत्यक्षत: निदाएको भान गर्दै थिए।नेप्चिले भुइँमा छरिएका लुगाहरु एक एक गर्दै बटुल्दै फेरि बोलिन्-
"झरि परेर केइ लाइथाज छैन, गोठ चुहिएको मइना दिन भैसको, भैँसि मरो भने पनि हाम्रा सिरिमानलाई केइ हुन्न,!"
ठूल्दाईलाई नेप्चिको स्वर कानबाट छिरेर तालुभित्र कतै घोच्ने झिर जस्तो लाग्दै थियो, त
... (READ MORE)
[ posted by
Birkhe_Maila @
03:09 PM ] | Viewed: 428 times
[
Feedback]
|
|
|
| : |
निसपट्ट, कहालिलाग्दो र चुहुँदो झरिलाई बिदा गर्दै गाउँमा बिहानी छायो। सम्पूर्ण गाउँ र वरिपरिको डाँडा रातभरि पखालिएर सङ्ग्लो भएको देखिन्थ्यो। डाँडामा माथिपट्टि बाक्लो कुहिरो थियो र मधुरो घामले सम्पूर्ण वातावरण नै सुन्दर र सजीव बनाएको थियो। तल बेँशितिर धमिलो खोला गड्गडाउँदै बगेको देखिन्थ्यो; मानौँ माथितिरबाट भएभरको फोहोर पखालेर टाढा कतै लगेर फाल्ने जिम्मेवारी यहि खोलाको छ। रुखमा चराहरुको चिरिबिरि चलिराखेको थियो; शायद लामो झरिपछि खुलेको आकाश देखेर बढि नै रमाइराखेका थिए।
चरा कराएको आवाजले दी
... (READ MORE)
[ posted by
Birkhe_Maila @
03:07 PM ] | Viewed: 454 times
[
Feedback]
|
|
|
| : |
झरी अनवरत परि नै रहेको थियो र रात निसपट्ट थियो।
पुन्टे बुढा मनमनै पर्वतेलाई सम्झेर कहिले रिसले मुर्मुरिँदै त कहिले सलाम गर्दै अँध्यारोमा आफ्नो अभ्यस्त पाइला घरतिर डोर्याउँदै थिए।
बाटोको वरिपरि लगाइएका मकैबारिमा झरीको आवाज घनघोर थियो।
पुन्टे बुढा, एकोहोरो अघि जुरेली संगको वार्तालाप सम्झिरहेका थिए।
करिव ४ वर्ष अघि धोबिनी टाढाको कुनै गाउँबाट आफ्नि सानी बहिनी जुरेली संग यो गाउँमा आएकि थिइन्। धोबिनीकहाँ उनको आवतजावत हुन थालेको पनि ४ वर्ष नै भैसकेको थियो र यो चार वर्षमा उनले एउटा मसिनो कोपीला फक्
... (READ MORE)
[ posted by
Birkhe_Maila @
02:53 PM ] | Viewed: 372 times
[
Feedback]
|
|
|
| : |
पर्वते आँखाबाट ओझेल भएपछि पनि पुन्टेबुढाले निकै बेर अँध्यारोमा मकैबारी नियाले र झ्याल लगाए। फरक्क फर्केर कोठामा हेरे। जुरेली खाटमा खुट्टा खसालेर निहुरिएर चुपचाप बसिराखेकि थिइन्। धोबिनी उत्सुकता र कर्तव्यबिमूढताको भावले पुन्टे बुढालाई हेरिराखेकि थिइन्। पुन्टेबुढाले निकै बेर निहुरिराखेकी जुरेलीलाई एकटकले हेरे, र धोबिनीलाई हेर्दे भने-
" फालहालेर टाप कसि हाल्यो नि मुरदार चिन्नै पाइएन!"
“ नचिने के भो त, यो बाइफालेले भन्छे कुन लबस्तरोसित लठारिएर बस्या थि भनेर! ओइ! डंकिनी! खुरुक्क भन् त, बैँशले कुत्क
... (READ MORE)
[ posted by
Birkhe_Maila @
02:47 PM ] | Viewed: 331 times
[
Feedback]
|
|
|
| : |
खोर पुरै भिजेको रहेछ। यसो हेर्दा कतैबाट धेरै पानी नपस्ला जस्तो भए पनि कुन्नि कसरि हो खोरमा लगभग तलाऊ जमेको रहेछ।
माष्टरनीले संगै बोकेको टुकीको उज्यालोमा यता उता नियालिन्। दायाँ पट्टि कुनाबाट पानी छिरेको रहेछ। बाख्राका बड्कौँला पानीमा घोलिएर भुइँ साह्रै नै फोहोर भएको थियो।
" एस्तामा रातभरि बसे भने त बाख्रा सपै मर्लान के रे नि!"
माष्टरनीले मनमनै भनिन् र बाहिर निस्किन। पिँढिको पल्लो पट्टि अलिकता रातो माटो थियो त्यो लिएर आइन् र दुई हातले मुछ्न थालिन्। माटो अलि लेसाइलो भएपछि पानी छिर्ने प्वालमा त्
... (READ MORE)
[ posted by
Birkhe_Maila @
01:24 PM ] | Viewed: 335 times
[
Feedback]
|
|
|
| : |
रिट्ठे आज दिउँसो देखि नै निकै खुसि थियो। झरि परे पनि बेच्न लगेको मकै सबै बिकेको थियो। तर यो भन्दा पनि बढि खुसि बसन्तीले बाटो पारी चियापसल बाट चिहाएरै भए पनि दिनभरिमा कयौँ पटक उसलाई हेरेकोमा भएको थियो। उसलाई थाहा थियो, उसको बारिमा अझै १५ दिन जति हरिया मकै हुनेछन्। सबै समयमा बिकेमा मकै छिप्पिने डर पनि हुने थिएन र यो बर्खालाई मनग्गे पैसा जम्मा पार्न सकिन्थ्यो।
बजारबाट वारि तर्दा झमक्क रात परिसकेको थियो। जति राति भए पनि रिट्ठेको अभ्यस्त पाइलाले बाटो पहिल्याउँदै थियो। खालि थुन्चे बोकेर गाउँपट्टि उका
... (READ MORE)
[ posted by
Birkhe_Maila @
01:22 PM ] | Viewed: 332 times
[
Feedback]
|
|
|
| : |
खै कुन्नि के भयो सपनामा हो कि बिपनामा, बिस्टे बुढा झस्केर बिउँझिए!झरि अनवरत रुपमा परि नै रहेको थियो।वरिपरि,चुक घोप्ट्याएको जस्तो अन्धकार थियो।
गरिबीको पराकाष्टामा पुगेर रिन तिर्न त परै जावस छाक समेत टुट्न थालेपछि अत्यन्तै दुखि भएका बुढा,सानि नातिनिलाई एक छाक तातो सम्म खुवाउन नसकेकोले मर्माहत नै भएका थिए। आँखा अगाडि गोरुले आफ्नो भएका केहि मकैका बोट पनि सबै फाँडिदिएकोले बुढालाई रिस र पिडा संगसंगै परेको थियो, तर सराप्दै गोरु धपाउन अघि बढ्दा हर्केलाई देखेपछि बुढा दुबै पिउन बाध्य भएका थिए!भो
... (READ MORE)
[ posted by
Birkhe_Maila @
01:20 PM ] | Viewed: 379 times
[
Feedback]
|
|
|
| : |
अन्तिम गिलाँस सिनित्त पारेर पुन्टे बुडाले एक पटक कागती निचोरेको जस्तो अनुहार बनाए र स्वाट्ट मुख पुछे। अगि भर्खर सितन खाँदा हातमा लागेको मसलाको मानौ उनलाई कुनै मतलब छैन। मसलाले बुढाको ओठ र च्यापु पँहेलो बनायो। एक पटक जिउ तन्काए र पुलुक्क धोबिनीलाई हेर्दै ओठमा हल्का छिल्लिएको हाँसो ल्याउँदै भने-
" झरि त दर्केको दर्केइ छ के रे, फेरि निसप्ट्ट अँध्यारो छ घर क्यारि पुग्ने होला?"
धोबिनीले सितनको थाल र गिलाँस टिप्दै बोलिन्-
“ घरमा बुढी दैलो कुर्दै होलिन बुढा जसरि भ' नि जान पर्ला नि!”
“ गाम थर्काऊने
... (READ MORE)
[ posted by
Birkhe_Maila @
01:19 PM ] | Viewed: 362 times
[
Feedback]
|
|
|
| : |
रात पर्ने बेला त भएको थिएन तर झरिले गर्दा झमक्कै भैसकेको थियो। भउते पलंगमा बसेर केहि लेख्दै थियो शायद गजल वा कविता। मैनटोलको प्रकाशले कोठा झलमल्ल थियो। आज बिहानै देखि झरि परेकोले एक त भउतेको मन कता कता उडेको जस्तो भैराखेको थियो अर्को, अगि सम्म धोबिनीकहाँ गएर अलिकता चढाएको रक्सीको हल्का मात पनि बाँकि थियो। गजल नै लेख्ने किसिमको मात चाहिँ धोबिनीकि बहिनी जुरेलीले गिलाँसमा पटक पटक रक्सी भरिदिँदा लागेको थियो।
" भउते बाबुsss!"
भाउजुको स्वरले भउते लेख्दा लेख्दै अड्कियो। एक पटक मुख नमिठो बनायो र
... (READ MORE)
[ posted by
Birkhe_Maila @
01:17 PM ] | Viewed: 443 times
[
Feedback]
|
|
|
| : |
बिस्टे बुढाले घुम बिस्तारै टाउकोबाट झिके र पानी तर्काए, पिँढिमा भित्ता पट्टि घुम ठड्याएर राख्दै थ्याच्च फलैँचामा बसे र सुरुवाल फुकाले! सुरुवाल पानीले निथ्रुक्क भिजेको थियो त्यसलाई निचोरेर पानी फाले पिँढिमै। एक पटक हाई गरेर आङ तन्काए र फलैँचामाथि नै भित्तामा अडेस लागेर बसे।
"सान्नानीssss, ए सान्नानी!"
नातिनी भित्र भान्सामा केहि गर्दै थिन क्या रे बुढाले बोलाएको सुनिनन्।
पानी अझै दर्किराखेको थियो, जस्ताको छाना भएकोले होला माथि परेको पानीको आवाज र बलेसीबाट चुहिएको मोटो पानीको धारोले गर्दा ब
... (READ MORE)
[ posted by
Birkhe_Maila @
01:15 PM ] | Viewed: 342 times
[
Feedback]
|
|
|
| : |
पुरेले के गर्यो?
पुरे बिउँझियो।बाहिर चराहरु कराईरहेका थिए र पर कुनै मन्दीरमा घन्टबजिरहेको थियो। मान्छेहरुको कल्याङमल्याङ अश्पष्ट स्वरहरु पनि वातावरणमा फैलिएका थिए। एक पटक हाई गर्दै जिऊ तन्कायो र फेरि सिरकमा गुटुमुटु भएर घुँडा खुम्च्याउँदै कोल्टे फर्कियो र भित्तामा टुलुटुलु हेर्न थाल्यो। उसको मनमा र दिमागमा सधैँ झैँ सुन्तली छाइन्। उसलाई आफ्नो सम्पूर्ण शरीरमा मदकता भरिएको आभाष भयो। हल्का मुस्कान ओठमा ल्याउँदै उसले सुन्तलीलाई टाउकोदेखि पैताला सम्म सम्झियो। रेशमी सल्सलाउँदो कपाल,सुलुक्क परेको जिऊ,र
... (READ MORE)
[ posted by
Birkhe_Maila @
11:23 AM ] | Viewed: 372 times
[
Feedback]
|
|
|
| : |
(साझामा हराएका मेरा पुराना कथा)
बस स्टप-" हाssssई! खै त यार, बस त आएन त?"" मान्छे समात्दै कोच्दैहोला नि बसमा उता थापाथली तिरै.."" आज नि मु- हाकिम झोक्किने भो यार मेरो त, तीन दिन भै सक्यो सधैँ ढिलो!"" हाहाहाहाहा! साँच्चि यार तेरो हाकिमको थुतुनो सम्झ्यो कि मलाई त कोक्याएर हाँसो उठ्छ! हाहाहाहाहाहा!"" हाहाहाहाहहा..के गर्नु यार जस्तो भएनि त्यसैको अन्डरमा बस्न परिरा छ!"" बुढि चाहिँ पा'को हो बजियाले! तर त्यसकि बुढिको माया लागेर आउँछ, च्व... च्व.. च्व..कसरी रात काट्दी हो बिचरी?"" जसरि काटे नि काटोस...
... (READ MORE)
[ posted by
Birkhe_Maila @
11:21 AM ] | Viewed: 394 times
[
Feedback]
|
|
|
| : |
(साझामा कतै हराएका मेरा पुराना कथाहरु)
उसले चुरोटको अर्को लामो सर्को तान्यो।
बस, टेम्पो, मोटरसाइकल, साइकल र मान्छेहरु सबै अधैर्य देखिन्थे ऊ जस्तै। धुलो त मानौँ भुईँबाट बसाइँ सरेर हावामै कतै आफ्नो साम्राज्य फैलाऊन खोज्दैथियो। चुरोटको धुवाँ उडाउने बित्तिकै उसले एकपटक नराम्रो संग खोक्यो र फेरि उतै हेर्न थाल्यो।
३ जना एक अर्काको अनुहार ठोक्काऊलान जसरि नजिकै उभिएर बोल्दै थिए।
"पैँतिस हजार…दुबई पठाइदिउँ?"
"कति लाग्छ नि लाग्न चाहिँ?"
"एक लाखमा भिसा आइपुग्छ!"
"एक लाख!"
“मेरो आफ्नै भान्दाईको
... (READ MORE)
[ posted by
Birkhe_Maila @
11:17 AM ] | Viewed: 369 times
[
Feedback]
|
|
|
| : |
Phrase of the day: Holy Cow!
Holy cow or sacred cow may refer to:
Holy cow (expression), an exclamation of surprise
Cattle in religion, particularly the sacredness of cows in Hinduism, Zoroastrianism, and Ancient Egyptian religion
The Bull (mythology), as it pertains to ancient mythology
Proper Names:
Holy Cow an Indian travelogue by Australian Sarah Macdonald
Sacred Cow, the reconfigured C-54 Skymaster used as the Air Force One during the latter portion of Franklin D. Roosevelt's
... (READ MORE)
[ posted by
448guru @
11:50 PM ] | Viewed: 186 times
[
Feedback]
|
|
|
| : |
Once, there were three witches. One was a witch with a tiny frame who descended from the high Himalayas to acclimatize herself in the low lands, the second fair skinned with a heavily built body was from the land once ruled by Count Dracula who crossed into the neighboring country Hungary in search of fresh witch craft where as the third with a robust and slightly chubby frame was a real football fan who came from the land who raised the controversial king of football, Maradona. These three witc
... (READ MORE)
[ posted by
vivid @
01:52 AM ] | Viewed: 207 times
[
Feedback]
|
|
|
| : |